-पुरन साह
जनकपुरधाम । मधेश सरकारले आगामी साउन २९ देखि संघिय सरकार विरुद्व आन्दोलन गर्ने भएको छ । बुधवार मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरि साउन २२ गते नेपाल सरकारका प्रनितिधि प्रदेश प्रमुख मार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र मांग सम्बोधन नभए आठौं दिन देखि सडक आन्दोलन थाल्ने बताउनुभएकाे छ ।
२२ गते मधेश प्रदेश मन्त्री परिषदका सम्पुर्ण सदस्य, सम्पुर्ण सांसद सहित सामुहिक रुपमा प्रदेश प्रहरी समायोजनका लागि ज्ञापन पत्र दिएर नेपाल सरकारलाई सात दिनको समयसिमा दिने उहाँले बताउनुभयाे । उहाँका अनुसार संघिय गृहमन्त्रालयले प्रहरी समायोजनको सम्पुर्ण काम पुरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिन भित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव अघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिनुभएकाे ५ ।
मन्त्री साह आफुहरुको आन्दोलनमा अन्य छ प्रदेशको समेत साथ रहेको कुरा जनकपुरधाममा भएको सवै प्रदेशका गृहमन्त्रीको सामुहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दावी गर्नुभयाे । मन्त्री साहले भन्नुभयाे, ‘स्थानिय सरकारको नगर प्रहरी हुने, संघिय सरकारले प्रहरीको कमान्ड गर्ने अनि हामी हातमा दही जमाएर बस्ने ? ।’ मन्त्री साहले प्रदेश प्रहरी समायोजन र सिडिओ प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानु पर्ने अन्यथा आफुहरुको आन्दोलन प्रदेश र संघिय क्षेत्र सम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताउनुभयाे ।
सांकेतिक रुपमा उहाँले चुनाव हुन नसक्ने बताउनुभयाे । उहाँकाे मधेश संघियताको जननी रहेकाले मधेश सरकार संघियता सवलीकरणका लागि चुप भएर बस्न नसक्ने सहितको प्रतिक्रियाहरु सुन्दा मधेश सरकार आन्दोलनको मुड बनाइसकेको बुझिन्छ । माओवादी केन्द्रका मधेश प्रदेश संसदिय दलका नेता समेत रहेका मन्त्री साह मात्र होइन यस सवालमा मुख्यमन्त्री, मन्त्री र सम्पुर्ण सांसदहरु एकैठाउँमा रहेकाे देखिन्छ ।
आसन्न निर्वाचनको माहोल सुरु हुदै लाग्दा ५३ प्रतिशत जनसंख्या रहेको मधेशमा हुने यस्ता गतिविधीले निर्वाचनमा असर पुग्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच