समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही

Read Time = 10 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । कोहलपुर नगरपालिकाले निर्धारित समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही थालेको छ ।

निर्माण कार्यको जिम्मा लिएर अनावश्यक रुपमा विलम्भ गर्ने र समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया थालेको हो ।
नगरकार्यपालिका बैठकले नगर क्षेत्रका विभिन्न स्थानमा भौतिक संचरना निर्माण जिम्मा पाएका र तर समयमै निर्माण सम्पन्न नगरेका निर्माण व्यवसायीहरुलाई कारबाही निर्णय गरेको हो । नगरप्रमुख पूर्णप्रसाद आचार्य श्रावण ११ गते बसेको नगरकार्यपालिका बैठकले कारबाही गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार नगरसभा वा कार्यपालिकाको निर्णय विना नै मौखिक आदेशका साधारमा सम्झौता गरिएका,कागजातहरु पूर्ण नभएका, फिल्डमा निर्धारित अवधिमा कार्य भए नभएको एकिन गर्न नसकिएका र कार्यपालिकाको बैठकमा पेश भएका विभिन्न ११ वटा योजना तथा कार्यक्रमहरुको बारेमा बृहत छलफल गरिएको थियो । सो प्रस्तावलाई स्वीकृत गरी भुक्तानी गर्न नसकिने हुँदा कार्यपालिकाको २०७९ जेष्ठ ८ को निर्णय नम्बर ७ बमोजिम हुने नगरपालिकाले जनाएको छ ।

त्यतिबेला कार्यपालिका बैठकले नगरपालिकामा विगतमा स्वीकृत योजना बेगरका बजेट शीर्षक एकिन नभएका विभिन्न योजना तथा कार्यक्रममा कार्यदेश दिई कार्यलय प्रमुखलाई जानकारी बिना काए सम्पन्न भएको भनी केही योजनाहरुको भुक्तानीको लागि कार्यालयमा पेश भएको÷ हुने गरेको पाइएकोले आगामी दिनमा नगर सभा, कार्यपालिका, नगर प्रमुख वा अख्तियारवालाको स्वीकृति बिना बजेट शीर्षक र योजना एकिन नभई योजना सम्झौता भएको पाईएमा कार्यलय भुक्तानी दिन बाध्य नहुने निर्णय भएको थियो ।

यस्तै त्यति बेला कै निर्णयमा भनिएको छ,‘योजनाको इस्टिमेट स्वीकृत गर्ने, सम्झौता गर्ने एंव कार्यदेश गर्ने पदाधिकारी÷कर्मचारी नै जवाफदेही हुने गरी एक पटकको लागि नगर स्तरीय योजना अनुगमन समितिबाट पुनः अनुगमन गरी, फेरि प्राविधि नापजाँच गरी प्राविधिक बिल बमोजिम चालू आ.व.मा विनियोजित बजेटलाई उक्त योजनामा रकमान्तर गरी योजना कायम गरी रकम भुक्तानी दिइने’छ । त्यस्ताका प्रकारका योजना सात वटा रहेका थिए । ११ गते बसेको कार्यपालिका बैठकले पूर्व निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने र अहिलेसम्म पनि अधुरै अवस्थामा रहेका र निर्माण जिम्मा लिएका निर्माण व्यवसायीलाई कारबाही गर्ने निर्णय भएको नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँले नगरकार्यपालिकाले नगरेका निर्णय कार्यान्वयनमा समेत नगरपालिकाले ध्यान दिएको बताउनुभयो ।

कारबाहीमा परेका निर्माण व्यवसायी

समयमै निर्माण हुन नसकेका योजना दर्जनौ छन् भने सम्पन्न नगर्ने निर्माण व्यवसायी आठ वटा रहेको नगरपालिकाले उल्लेख गरेको छ । वडा नम्बर ११ को भवन निर्माणको जिम्मा लिएको जय दुर्गे महाकाली सेवा महेन्द्रनगर,४ कञ्चनपुर,सरस्वती मावि भवन निर्माण कोहलपुर ८ र विभिन्न सडक कार्यको निर्माण कार्य जिम्मा लिएको के.आ.र कन्ट्रक्सन कोहलपुर,१० बाँके र रत्न राजमार्गदेखि शक्तिनगर सामुदायिक वन हुँदै कृष्णा मावि हुँदै मुगाली टोलको सडक कालोपत्रेको निर्माण जिम्मा लिएको शोभा लक्ष्मी कन्ट्रक्सन कोहलपुर, बाँके रहेका छन् । यस्तै भेरी प्राविधिक शिक्षालय भवन निर्माण, कोहलपुर २ निर्माण जिम्मा लिएको वशिष्ठ निर्माण सेवा, गेरुवा–६, बर्दिया, एकतानगरदेखि दीपशिखा स्कूल हुँदै देवीलाल बोहराको घर हुँदै त्रिवेणी चोक सम्म कालोपत्रे सडक कोहलपुर १० र सिँचाइ धारा र मोटर जडानको जिम्मा लिएको महारुद्र निर्माण कोहलपुर,९ बाँकेलाई कार्यपालिका बैठकले प्रचलित अनुसार कारबाहीदेखि कालो सूचिसम्म राख्न सकिने गरी निर्णय गरेका योजना र निर्माण व्यवसायी हुन् ।

सबैभन्दा बढी योजना निर्माणको जिम्मा लिएको जय भवानी निर्माण सेवा कोहलपुर ११ बाँकेले आधा दर्जन भन्दा बढी योजनाहरु अझै निर्माण गर्न सकेको छैन । उसले जिम्मा लिएका अधिकांश योजना अधुरै छन् । एनटिभी रोडदेखि पेन्सन क्याम्प हुँदै कोहलपु– ५ र ६ रझेना जोड्ने कालोपत्रे बाटो, रत्न राजमार्गदेखि पूर्व उक्त विकासनगर हुँदै शान्तिनगर बाटो कालोत्रे कोहलपुर–२, कोहलपु– ५ र ६ रझेना देखि गोवाको १५ चौधरिया हुँदै बैजनाथ ७ पेडारी तथा खजुरा गाउँपालिका जोड्ने सडक कालोपत्रे र र रत्न राजमार्गदेखि शक्तिनगर सामुदायिक वन हुँदै कृष्णा मावि हुँदै जाने बाटो कालोपत्रे रहेका छन् । यसैगरी सरस्वती माविको भवन निर्माणको जिम्मा लिएको न्यौपाने कन्स्ट्रक्सन कोहलपुर,बाँके र शिव आधारभूत विद्यालयको पर्खाल निर्माण कार्यको जिम्मा लिएको हार्दिक कन्स्ट्रक्सन प्रा.लि. जानकी ४ बाँके रहेका छन् ।
यी कम्पनीहरुलाई श्रावण ११ गते बसेको कार्यपालिका बैठकको निर्णय नम्बर २ ख अनुसार २०७९ असार ४ गते बसेको कार्यपालिका बैठकको निर्णय बमोजिम क्रमागत वा म्याद थप नभइ २०७९ असार २५ गतेसम्म सम्पन्न भइसक्नु पर्ने तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेका निर्माण व्यवसायलाई सार्वजनिक खरिद ऐन,२०६३ एंव नियमावली २०६४ र कोहलपुर नगरपालिकाको सार्वजनिक खरिद् नियमावली २०७६ बमोजिम हर्जाना, दण्ड जरिवाना, कारबाही, कार्यसम्पादन जमानत बैंक ग्यारेन्टी जफत एंव कालो सूचीमा राख्ने सम्मको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

निर्णय नम्बर २ कै ‘ग’ मा एघारौ नगर सभामा एकिन हुन नसकेका २०७९ असार २५ गतेभित्र निर्माण कार्य सम्पन्न भइ कार्यालयमा भुक्तानी लागि पेश भएका एंव बजेट नपुग, कार्य चापका कारण बिल भर्पाइ रुजु गर्न छुटेका, को.ले.नि.का.को प्रक्रिया हुँदा ढिलाइ भएको लगायतका कारणले गत आ.व.मा भुक्तानी दिन नसकिएका योजनामा भुक्तानी दिने निर्णय गरिएको छ । बैठकले अब आयिन्दा योजनाहरु व्यवस्थापन गर्दा समयमै कार्य सम्पन्न हुने गरी निर्माण व्यवसायीलाई जवाफदेही बनाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताउनुभयो । साथै योजनाहरु सम्पन्न हुन नसकी अपुरो रहेको कामको टेण्डर प्रक्रिया अघि बढाउन चालू आर्थिक वर्षमा पूर्वाधारतर्फ विनियोजित बजेट शीर्षक मध्ये अपुरा योजना पुनः सञ्चालन तर्फको बजेटबाट भुक्तानी हुने गरी ठेक्का व्यवस्थापन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?