साढे ११ किलो चरेशसहित एक जना पक्राउ

Read Time = 1 min

बझाङ । बझाङ प्रहरीले साढे ११ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार सु.प.प्र.०२००१ ख १११९ नम्बरको बसमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिका- १ बारील बस्‍ने ४३ वर्षीय बिरेन्द्रबहादुर खडायतलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदुत यातायातको बस बित्थडचिर गाउँपालिका ८ बागथलास्थित जयपृथ्बी राजमार्गमा चेकजाँच गर्ने क्रममा खडायतलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?