यू-१७ को प्रारम्भिक छनोट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१७ राष्ट्रिय टोलीका लागि प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको छ । गत मंगलबारदेखि सुरु भएको खुला छनोटमार्फत् एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको हो । छनोटमा देशैभरबाट करिब ७०० भन्दा बढी युवा खेलाडीको सहभागिता रहेको थियो ।

पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी नभएपछि एन्फाले खुला छनोटमार्फत् खेलाडी छनोट गर्दै आइरहेको छ । यू-१७ टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ रहनुभएको छ । नेपाली युवा टोलीले एक महिनापछि श्रीलंकामा भदौ २० देखि भदौ २९ सम्म हुने यू-१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् ।
प्रारम्भिक चरणमा छानिएका नेपाली युवा टोलीमा अभिषेक थोकर, अनिष उप्रेती, आर्यन बस्नेत, अशिम खड्का, आशिष थारु, अशोक स्याङ्तान, आश्विन घोरासैनी, विजय गुरुङ, विक्रम तामाङ, विशाल भट्टराई, दिपजन श्रेष्ठ, धनसिंह विक, धिरज विक, दिनेश थापा मगर, दिवस विष्ट, गौरव महर्जन, हरिश भट्ट, जनप्रकाश बम, कमलबहादुर थापामगर, खेमराज सुनुवार, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मनित गुरुङ, मार्सल शाही, मिकल गर्वुजा, मिरक लिङ्देन, मुकेश घर्ती, नवीन परियार, नेल्सन तामाङ, निरज कार्की रहनुभएको छ ।

यस्तै निराजन धामी, निर्देश राई, निशान्त तामाङ, ओम अधिकारी, पाल्देन गुरुङ, पर्वत तामाङ, पवन दाहाल, प्रजय गुरुङ, प्रशान्त लक्षम, रविन तामाङ, राजन प्रधान, रिजन श्रेष्ठ, रुविन बोगटी, सचन महतो, सागर रसाइली, समिर तामाङ, सन्देश न्यौपाने, सन्दीप लामा, सन्तोष परियार, श्रीयन्द्र ठकुरी, श्रीयान्स मानन्धर, शुभम थापा, सिजल राई, सुवास गुरुङ, सुदिप रुम्बा, सुजत डंगोल, सुशिल तामाङ र युनिस मगरलाई प्रारम्भिक टोलीमा छनोट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?