काठमाडौं । राष्ट्रिय मुवाँथाई संघ नेपालले आफ्ना बेलायत सम्पर्क मञ्चका अध्यक्ष सुरज कार्कीलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खादा लगाएर कार्कीलाई सम्मान गर्नुभयो ।
सम्मानित भएपछि पूर्वक्योकुसिन कराते खेलाडी एवं प्रशिक्षक कार्कीले भन्नुभयो, ‘सम्मान गर्नु भएकोमा धन्यवाद । तपाईं (खेलाडी)हरू लगनशील भएर प्रशिक्षण गर्नुस । सफलता अवश्य मिल्नेछ । पदक जित्नका लागि मात्र होइन शारीरिक तन्दुरुस्ती र आत्मबल उच्च बनाउन खेल महत्वपूर्ण पाटो हो ।’ अध्यक्ष कक्षपतिले कार्कीले मुवाँथाईका साथै क्योकुसिन कराते खेलको विकासमा विशेष योगदान रहेको बताउनुभो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन