बायर्न म्युनिखको सानदार सुरुवात

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । जर्मन बुन्डेसलिगा २०२२/२३ मा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । शुक्रबार रातिबाट सुरु भएको नयाँ सिजनाको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६-१ अन्तरले पराजित गर्‍यो।

बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक एक गोल गरे । घरेलु टोलीका रान्डल कोलो मुआनीले सान्त्वना गोल गरे ।

साबिक विजेता बायर्नले पहिलो हाफमै ५९० को अग्रता बनाएको थियो । जितसंगै बायर्नले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?