इन्टर मियामीसँग मेस्सीले गरे सम्झौता

Read Time = 2 mins

मियामी । लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग औपचारिक सम्झौता गर्नुभएको छ । अर्जेन्टिनी फरवार्डले अमेरिकन एमएलएस क्लबमा सन् २०२५ सम्म रहने गरी सम्झौता गर्नुभएको हो । सातपटकका बालेन डिओर विजेता मेस्सीले सिजन सकिएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने निर्णय गर्नुभएको थियो । ‘म इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि निकै उत्साहित छु ।’ गत वर्ष अर्जेन्टिनालाई विश्वकप जिताउनुभएका मेस्सीले भन्नुभयो, ‘यो एउटा शानदार अवसर हो र हामी सँगै मिलेर एउटा राम्रो परियोजना निर्माणलाई जारी राख्नेछौँ ।’

मियामीका मालिक डेभिड बेकहृयामले मेस्सीको अनुबन्धपछि सपना पूरा भएको प्रतिक्रिया दिनुभएको छ । मेस्सीले यसअघि युरोप बाहिर खेल्नुभएको थियो ।

मेस्सी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलबाट मियामीको जर्सीमा प्रस्तुत हुनुहुनेछ । मेस्सीले पछिल्लोपटक सन् २०२१ मा विश्वको सर्वोत्कृष्ट फुटबलरको अवार्डसमेत जित्नुभएको थियो ।

उहाँलेले पिएसजीमा ७५ खेलमा ३२ गोल गर्नुभएको छ । पछिल्लो सिजन लिग वानमा १६ गोल गर्नुभएको थियो । स्पेनिस क्लब बार्सिलोनामा २१ वर्ष बिताउनुभएका मेस्सीले फ्रान्समा नयाँ गन्तव्य बनाउनुभएको हो ।

बार्सिलोनामा मेस्सीले कीर्तिमानी ६७२ गोलसहित १० लिग उपाधि, चार च्याम्पियन्स लिग र सात स्पेनिस कप जित्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?