कन्सुलर कप्र्सको डिनमा श्रेष्ठ निर्वाचित

Read Time = 3 mins

काठमाडौं । अनोररी कन्सुलर कप्र्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ युरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुनुहुन्छ । कन्सुलर कप्र्स नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतको छाता संस्था हो ।

राजधानीमा आयोजित कप्र्सको १५औँ वार्षिक साधारणसभा एवं स्थापना दिवसका अवसरमा श्रेष्ठलाई सन् २०२२-२३ का लागि डिनमा निर्विरोध निर्वाचित गरिएको हो । हाल नेपालमा संसारका ५५ देशका प्रतिनिधिका रूपमा कन्सुलरले जिम्मेवारी सम्हालिरहेका छन् ।

नेपालस्थित कन्सुलरबाट सम्बन्धित देशसँगको कूटनीतिक सम्बन्ध, उद्योग, व्यापार व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभूषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता विषयमा काम हुँदै आएको छ । सम्बन्धित मुलुकसँग सिधा सम्पर्क र नजिक रहेर ती मुलुकको प्रवद्र्धन र संवद्र्धनमा काम गरिरहेको कप्र्सले जनाएको छ । कप्र्सले दुईबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहेको भन्दै आगामी दिनमा कप्र्सका गतिविधि अझ सशक्तरूपमा अघि बढाउने नवनिर्वाचित डिन श्रेष्ठले बताउनुभएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले कन्सुलर कप्र्सले वैदेशिक व्यापार अभिवृद्धिसँगै दुई देशीय सम्बन्धलाई विस्तार गर्न महŒवपूर्ण भूमिका खेल्दै आएको भन्दै कप्र्स र मन्त्रालयबीचको सम्बन्ध परिपूरक हुनुपर्ने बताउनुभयो । कप्र्सका निवर्तमान डिन लोकमान्य गोल्छाको सक्रियतामा सरकारसँगको सहकार्य, अफगानिस्तानमा मानवीय सहायता प्रदान गरेको खड्काले बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?