हिमालयको फेरि काठमाडौं-बेइजिङ उडान

Read Time = 2 mins

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ-काठमाडौं उडान पुनः सुरु गरेको छ । मंगलबारदेखि बेइजिङमा उडान सुरु गरेको एयरलाइन्सले हप्तामा एकपटक उडान गरिने जनाएको छ । एयरलाइन्सको पहिलो उडान मंगलबार एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहानको १० बजेर ४१ मिनेटमा भएकोमा बेइजिङ इसक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका ५ बजेर ४ मिनेटमा अवतरण गरेको थियो ।

हिमालय एयरलाइन्स प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘चिनियाँ नयाँ वर्षको बिदाको सिजन नजिकिँदै गर्दा दुई देशका राजधानीबीच सिधा उडान पुनः सुरु गर्न हामी उत्साहित छौँ, यस सन्दर्भमा हामी चीनबाट नेपाल आउने यात्रुलाई अझ बढी सेवा प्रदान गर्ने र पर्यटन र व्यापारमा टेवा पुर्‍याउने कुरामा आशावादी छौँ , हामी यो कनेक्टिभिटी पुनः स्थापना गर्न पाउँदा धेरै खुसी छौँ र बढ्दो फ्रिक्वेन्सीसाथ हाम्रा यात्रुलाई सेवा प्रदान गर्न तत्पर छौँ ।’ यसअघि कोरोनाका कारण उडान स्थगित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?