सर्वाधिक धनराशिको ब्याडमिन्टन हुने

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशिको धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रदेश प्रहरूी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुनेछ ।

देशभरमै सर्वाधिक पुरस्कार राशिको ब्याडमेन्टन प्रतियोगिता प्रदेशमा सञ्चालन गर्न लागेको संयोजक मेम्बर सिंहले जानकारी दिनुभयो । प्रतियोगितामा खुला पुरुष डबल, पुरुषतर्फ नै ४५ वर्षमाथिका भेट्रान र ५५ वर्षमाथिका भेट्रान गरी तीन इभेन्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक सिंहले बताउनुभयो । खुला पुरुष डबलमा प्रथमलाई एक लाख २१ हजार, द्वितीयलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिनेछ ।

४५ वर्षमाथिको भेट्रानमा प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ वर्षमाथिको भेट्रानमा प्रथमलाई ३१ हजार, द्वितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताउनुभयो । प्रतियोगिताको जम्मा पुरस्कार राशि चार लाख नौ हजार हुनेछ । प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाइसिट निकालिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?