दीर्घकालसम्म स्वस्थ रहन पिउनुस् पर्याप्त पानी

Read Time = 5 mins

काठमाडौं । शरीर भित्रका हरेक क्रियाहरूको लागी पानी अत्यन्त आवश्यक छ । शरीरले क्रियाहरू गर्ने क्रममा शरीरमा भएको पानीे, केही मात्रा प्रयोग हुन्छ भने केही मात्रामा शरीर बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुन जान्छ । कम भएको पानीको आपूर्तिको लागी पानी पिउनु आवश्यक छ।

पानीले शरीरको अङ्ग प्रत्यङ्गहरू र प्रत्येक कोषिकाहरूमा पौष्टिक तत्त्वहरू तथा अन्य आवश्यक तत्त्वहरू पु-याउने काम गर्दछ । प्रत्येक कोषिकाहरूमा हुने क्रियाहरु पानीकै सहायतामा हुन्छन् । यी क्रियाहरुबाट निस्कने बिकारहरु पानीले नै विसर्जन अङ्गहरूमा पु-याउँछ र शरीर बाहिर निस्कासन हुन्छ । पानीको अभावमा यी सारा प्रक्रियाहरू अवरुद्ध हुन्छन् जसले गर्दा हामीलाई रोग लाग्दछ । त्यसैले दीर्घकालसम्म स्वस्थ रहनलाई पर्याप्त पानी पिउनु पर्दछ।

पानीको सेवनले शरीरलाई सक्रिय बनाउँछ । पाचनतन्त्रलाई स्वस्थ र सबल बनाउँछ, रक्त सञ्चारमा सुधार ल्याउँछ, मृगौलालाई सक्रिय बनाउँछ। पानीले शरीरभित्र रहेका हानीकारक तत्त्वहरूलाई नष्ट गर्ने कलेजोको काममा मद्दत गर्दछ ।

केक मेडिसिन अफ युनिभर्सिटी अफ क्यालिफोर्नियाका ५ सय भन्दा बढी डक्टरहरु भन्छन्, ‘शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने समस्या निम्तन्छन्।’

त्यतिमात्र हैन्, पानीको कमीका कारण मिर्गौलामा समस्या निम्तने। ‘डिहाइड्रेसन’ हुने टाउको दुख्ने समस्या हुन्छ। अर्थात मानिसलाई देखिने अधिकांश रोग पानीकै कमी र अस्वस्थ पानीकै कारण लाग्छ।

एक दिनमा कति पनि पिउनुपर्छ भन्नेबारेमा मानिसहरूमा अनेक धारणा पाइन्छन् । पानी पिउने स्वस्थ बानीका बारेमा अनेक हल्ला पनि चलेका हुन्छन् । तिर्खा नलागे पनि समयतालिका बनाएर नियमित रूपमा पानी पिउनुपर्छ भन्नेहरू पनि छन् । समयतालिका बनाएर भन्दा पनि शरीरको आवश्यकताअनुसार स्वस्थ रहने गरी पानी पिउनुपर्छ ।

स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । एकजना वयस्क व्यक्तिले शरीरबाट दिनमा सरदर साँढे दुई लिटर पानी गुमाउँछ ( पसिना, सास र दिसापिसाबबाट ।) यसरी शरीरबाट गुमेको पानी पूर्ति हुने गरी पानी पिउनुपर्छ ।

शरीरमा पानीको कमी भए-नभएको तथा पानीको कमीले शरीरमा हुन सक्ने विभिन्न असरबाट बच्न यसरी थाहा पाउन सक्नुहुनेछ । यति थाहा पाए मात्र पनि तपाईं विभिन्न रोगबाट बच्न सक्नुहुनेछ ।

शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुँदैन ।

शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबकाे रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नु पर्छ । साथै शरीरमा पानीको पर्याप्त मात्रा हुँदा मुटुले शरीरका रक्त नलीबाट सजिलै रक्तसञ्चार गर्छ र मांसपेशीमा पनि पर्याप्त रक्तप्रवाह हुन्छ । तर पानीको मात्रा नपुगे हाम्रो मुटुले रक्त नलीहरूबाट शरीरभर रगत पठाउन धेरै मेहनत गर्नुपर्छ ।

 

–विभिन्न पत्रपत्रिकाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?