३१औं वर्षमा मेडिकेयर अस्पताल र मेरो अनुभूति

Read Time = 10 mins

✍️ प्रा.डा.अर्जुनदेव भट्ट

मेडिकेयर अस्पताल आफ्नो स्थापना कालको ३१औं वर्षमा प्रवेश गरिसकेको छ । यो ज्यादै सुखद् घडी हो । भर्खर जन्मेको शिशुजस्तै संस्था पनि हुर्कन थुप्रै व्यक्तिहरूको भूमिका हुन्छ । सबै संस्थापकहरूले आफ्नो ठाउँबाट खेलेको अविस्मरणीय कृत्यको समीक्षा तथा विवरण यहाँ लेखेर साध्य छैन ।

किन सुरु भयो मेडिकेयर ?
३० वर्ष पहिलेको नेपालको स्वास्थ्य सेवाले खास गरेर मध्य र निम्न सेवाग्राहीहरूलाई सन्तोषजनक उपचार दिन पाएको थिएन । सोभियत संघबाट फर्केका चिकित्सकहरूलाई खास गरेर ब्रिटिश सिस्टिममा प्रशिक्षित डाक्टरहरू प्रतिष्ठा र इज्जत दिन सहमत थिएनन् । किनकि उनीहरूले पढेको कुरा एकमात्र सत्य हो भन्ने धारणा थियो । अरू सिस्टम त्यसमा पनि कम्युनिष्ट प्रणालीको उपचार उच्च स्तरको हुनै सक्दैन भन्ने आम मान्यता थियो । यो सन्दर्भमा छरिएर कार्यरत रहेका सोभियत रिटर्न डाक्टरहरूले एउटै थलोमा चिकित्सा सेवा दिने विचार गर्नु विशिष्ट सोचाइ थियो ।

मेडिकेयरको एउटा ज्यादै ठूलो सफलता भनेको चिकित्सक, परिचारिका र अरू कर्मचारीहरू माझ जुन आपसी समझदारी छ त्यसैले यसलाई ३१ वर्षमा उकाल्यो । संस्थाप्रति अपनत्व भावनालाई अझ बलियो बनाएर गए हामी मेडिकेयरको अरू धेरै वार्षिक उपलक्ष्य मनाउन पाउनेछौँ ।

डा. लोहितराज उपाध्यायको समन्वयमा विभिन्न विषयका विशेषज्ञहरूले मेडिकेयरमा आबद्ध भएर काम गर्ने समय दिए । सुरुवातमा पुतलीसडकको तीन तला मात्र भएको ठाउँ प्रयोग गरेर आफैँले उठाएको पैसाका आधारमा काम सुरु भयो । मेडिकेयरलाई सफल बनाउन ठूलो सहयोग गर्ने धेरै थिए । त्यसमध्ये एक हुनुहुन्थ्यो मदन आचार्य । उहाँको पहुँच र दृढ भनाइले बिरामीहरू पूर्ण विश्वास लिएर मेडिकेयर छिर्थे । मेडिकेयरमा कार्यरत डाक्टरहरूको बोली, समय दिएर बिरामीलाई हेर्ने बानीजस्ता गुणले छोटो समयमै संख्यात्मक वृद्धि भयो ओ.पी.डी.र इण्डोरमा बिरामीहरूको । पछि गएर प्रायः ती बिरामी नै अरू बिरामी पठाउने स्रोत भए । मेडिकेयरले लागू गरेको फेमिली हेल्थ प्रोग्रामले पनि निक्कै सहयोग गर्‍यो ।

शल्यचिकित्साको सुरुवातको अवस्था :
शल्यचिकित्साको सुरुवातको बिहान ५ बजेबाट सुरु हुन्थ्यो । म आफू युरोलोजीमात्र होइन प्रायः सबै खालको शल्यक्रिया गर्थे । शल्यक्रियाको प्याकेज प्रोग्राममा १०-१२ हजारमा Cholecystectomy, Open Prostatectomy, Intestinal Obstrucation मा गरिने सर्जरी, Vaginal Hysterectomy, Nephrectomym Uretero Nephrolithomy पनि गरिन्थ्यो । त्यो १२ हजारबाट मेडिकेयर, सर्जन, अनेस्थेटिष्ट इत्यादिले कति कमाउँदा हुन आफैँ सोचौँ । पुतलीसडकमै छँदा मैले जर्मन गएर टियुआरपीको सामान ल्याएर यो शल्यक्रिया सुरु भयो ।
डा. रामप्रसाद श्रेष्ठले सिंगापुरबाट ल्याप्रोस्कोपिक औजार ल्याएर मेडिकयरमाLapcholecystectomy को सुरुवात गर्नुभयो । मेडिकल अफिसरहरू त्यस बेला फाइलको डगुंरमा पल्टेर समय मिले केही घण्टा आराम गर्ने गर्दथे । अरू कुनै उपाय थिएन । एक्सरे, युएसजी र ल्याबले उपचारमा ठूलो सहयोग पुर्‍याएको थियो । तर, आइसियु जस्तो नभई नहुने सेटअप हामीसँग थिएन । त्यसको निम्ति न उपयुक्त ठाउँ नै थियो न आर्थिक जोगाड । यही बीचमा डा. उपेन्द्र महतोले खास गरेर आइसियु/इकोगार्डियोग्राफीको निम्ति गरेको लगानीले हामी पुतलीसडकबाट नक्साल सर्न सक्ने भयौँ । हेमोडायलासिसको पनि व्यवस्था सुरु भयो डा. ऋषिकुमार काफ्लेबाट ।

रेनल फेलर भएका बिरामीको प्रोष्टेट, मृगौला, मुत्रथैलीको शल्यक्रिया गर्न आइसियु र हेमोडायलायसिसले ठूलो आड दियो । नक्सालमा पेटको क्यान्सर भएको एकजना हाम्रो परिचारिकाको आफ्नै मान्छेको पूर्णरूपमा र्‍याडिकल ग्रासट्रेक्टानेमी गरेर आइसियुको फाइदा उठाए । बिरामी १२ दिनपछि घर गयो र अरू ९ महिनासम्म बाँच्न सफल भयो ।

त्यो बेला मृगौला क्यान्सरको निम्ति मैले रेडिकलनेफ्रेक्टोमी शल्यक्रिया गरेका केही बिरामी अझै प्रत्येक वर्ष देखाउन आउने गर्छन् । यो लेख्नु पर्नेको एकमात्र ध्येय हो आइसियु/इकोकार्डिओग्राफीले मेरो शल्यक्रियामा अतुलनीय सहयोग पुर्‍याएको थियो । कार्डियक सेवाबारे अरू विशेषज्ञबाट विवरण आउने हुँदा म उहाँहरूको टिमबारे केही भनिरहेको छैन । सबै डाक्टर, नर्स र सम्पूर्ण मेडिकेयरका कार्मचारीको प्रयासले आज हामी यहाँ छौँ ।

विकासको सीमा कहाँ छ ?
Open Prostatectomy वा TURP ले नपुगेर HoLEP लेजरबाट गरिने प्रोष्टेट सर्जरीको सुरुवात मेडिकेयरमा १० वर्ष पहिले चावहिलमा भयो । नक्सालमा भन्दा चावहिलमा अरू थप सुविधा, ठूलो आइसियु जहाँ हेमोडायलोसिस पनि गर्न मिल्छले युरोसर्जरी लाई निकै प्रोत्साहन मिल्यो । पोष्टोपेर्‍याटिभ वार्ड बनेपछि सेवामा थप सुविधा भएको छ । हाल भएका अप्रेशन कोठामा नितम्ब र घुँडाको जोर्निको उपचार पनि गर्न मिल्छ । ल्याप्रोसकोपिक सर्जरीले सुविधायुक्त शल्यक्रिया गरेर छोटो समयमा बिरामी घर पठाउन सम्भव भएको छ ।

महिलामा हुने Stress Urinary Incontinence (खोक्दा पिसाब चुहिने समस्या)को उपचार नक्साल हुँदादेखि नै दिइरहेछु । हाल धेरै वर्ष TOT Procedure भन्ने विधिबाट अझै दिगो र भरपर्दो तरिकाले हुन्छ । युरोलोजी विभागमा PCNL, RIRS जस्ता Endoscopic Surgery प्रो.डा.कृष्णकाजी भोमी, कन्सलटेन्ट डा.मोहन खड्काको टिमले गरिरहेछ । डा.भोमीको टिमले नयाँ विधिहरूलाई युरोलोजीमा सुरु गरेर मेडिकेयरको सेवाको अरु थप सहायता पुर्‍याउनु हुनेछ भन्ने विश्वास गर्दछु । हाल CT Scan, नयाँ X-Ray, USGsf सेवाले हामी निकै लामान्वित भएका छौं ।

के हामीसँग सबै सुविधा छ त ?
पक्कै अझै हामी बाध्य भएर साँगुरो ठाउँमा एकत्रित छौँ । थुप्रै औजारहरूको अभाव हामी महसुस गर्छौं । यस्ता नगरी नहुने थप सुविधाबारे बढी खट्ने चिकित्सिकहरूले यो संस्थालाई आफ्नो सम्झेर सुझाब दिनेछन् । पार्किंगको असम्भवताबारे बिरामीहरूको गुनासो चर्को छ । यो क्षेत्रमा भइरहेको सुधारले आफ्नो गति बढाओस् भन्ने कामना छ । मेडिकेयरको एउटा ज्यादै ठूलो सफलता भनेको चिकित्सक, परिचारिका र अरू कर्मचारीहरू माझ जुन आपसी समझदारी छ त्यसैले यसलाई ३१ वर्षमा उकाल्यो । संस्थाप्रति अपनत्व भावनालाई अझ बलियो बनाएर गए हामी मेडिकेयरको अरू धेरै वार्षिक उपलक्ष्य मनाउन पाउनेछौँ ।

अन्त्यमा भन्नै पर्छ सबैभन्दा ठूलो माया, विश्वास हामीले बिरामीबाट पाएका छौँ । यसलाई कामय राख्न हामीले आफ्नो सम्भावनाको उच्च स्तरमा सेवा दिई राख्नुपर्छ । ३१औं वर्षमा प्रवेश गरेको उपलक्षयमा सबैमा हार्दिक शुभकामना !!! (भट्ट वरिष्ठ युरोलोजिष्ट हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1.  ३१औं वर्षमा प्रवेश गरेको उपलक्षयमा हार्दिक शुभकामना ।।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?