बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुपाल्चोक । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची/तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ ।

वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो ।

गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?