प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रश्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा महाअभियोग प्रश्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रश्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रश्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रश्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?