आइएमईद्वारा नयाँ बिमा अभिकर्ता तालिम

Read Time = 2 mins

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले एकै दिन सात सय ४८ जना नयाँ अभिकर्तालाई बिमा तालिम प्रदान गरेको छ । कम्पनीले स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसरमा नयाँ अभिकर्तालाई बिमा तालिम प्रदान गरेको हो ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकै दिन पाँच सय अभिकर्तालाई बिमा तालिम दिने लक्ष्य राखिएकोमा सात सय ४८ जनालाई तालिम प्रदान गर्न सफल भएको बताउनुभएको छ । आइएमई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका वानेश्वर, महाराजगञ्ज र गोंगबु, गठ्ठाघरलगायत शाखा कार्यालयका अभिकर्तालाई तालिम दिइएको कम्पनीले जनाएको छ ।

त्यस्तै उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, इटहरी, धरान, मिर्चैया, वीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गिया, खजुरा, राप्ती सोनारी, भैरहवा, नेपालगञ्ज,, बाँसगढी, गुलरिया, लम्की, भुरीगाउँ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुनर्वास, महेन्द्रनगरलगायतका स्थानमा पनि तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?