आ.व. २०७८ साउनदेखि ०७९ असारसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा ३ लाख ४ हजार ७ सयले लिए उपचार सेवा

Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा ३ लाख ४ हजार ७ सय २५ जनाले उपचार गराएका छन्। आर्थिक बर्ष २०७८को साउन देखी २०७९को असार सम्म अस्पतालको बहिरंग रोग विभाग र ईर्मेजेन्सी मा गरि कुल ३लाख ४ हजार ७सय २५ जनाले सेवा लिएका हुन।

अस्पतालको तथ्याक अनुसार जेनरल ईएचएस र बिमा गरि अस्पतालबाट जम्मा २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन भने ईर्मेजेन्सीबाट ५३हजार ६सय ६५ जनाले उपचार गराएका छन्।

त्यसमध्ये जेनरलमा १लाख ८३ हजार ६सय १५ ईएचएसबाट २४सय ७८ र बिमाबाट १ लाख ९सय ६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन् ।

अस्पतालको तथ्याकमा उल्लेख गरिए अनुसार ईर्मेजेन्सीबाट ५३हजार ६सय ६५ जना, मुटुरोग सेवा ३१० दन्त सेवा ७६७७ छाला १६२८० आकास्मीक सेवा ३७९९३ प्रसुतीसेवा १७६२८ हर्मनसमन्धी सेवा ११५ मुत्रप्रणालीको सेवा ३ नाककान घाटी १४०६५ फिबर किल्नीक ७ पेट आन्दा समन्धी सेवा ६६ समान्यचिकित्सा सेवा ७४९१७ महिला तथा प्रसुती सेवा १२०३१ खोप सेवा ११७९९ महिला शिशु स्वास्थ्य कार्यक्रम १६३०२ न्युरोे चिकित्सा सेवा १३९ मृगौला रोग सेवा लिएका छन्।

त्यस्तै अस्पतालबाट ४६७१ न्युरो सल्यकृर्या १२९१ न्युरोसेवा स्थायी रोग उपचार सेवा १९१ क्यान्सर रोग सेवा २२ नेत्ररोेग सेवा ११ हाडजोर्ने रोेग सेवा ३१४११ वालरोग सेवा १०७८६ पलास्टीक सर्जरी छाला तथा सौन्र्धय सल्यकृया ३ मनोरोग सेवा ५०२८ रेडियोलोजी सेवा १ फिजीयोथेरापी ४७ नछुट्टाईएको सेवा ६५सर्जरी २००१४ मुत्रप्रणली समन्धी रोग २४ गरि अस्पतालमा आर्थिक बर्षको साउन देखी अहिले सम्म ३लाख ४हजार ७सय २५ जना विरामीले उपचार पाएको अस्पतालका प्रमुख डा ईन्द्र ढकालले बताउनु भयो । उहाँले गत बर्ष भन्दा सेवा पनि बिस्तार भएको बताउनु भयो ।

कुन महिनामा कतिले कुन सेवा लिए

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?