बिमक संघद्वारा ७० लाख सहयोग

Read Time = 1 min

काठमाडौं । जीवन बिमक संघ नेपालले दुई संस्थालाई ७० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्ट गरी दुई संस्थालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

संघले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका डा. भगवान् कोइरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टका निर्देशक दिपक सञ्जेललाई ३० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरि ५० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षामा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गर्दै आएको छ ।

त्यस्तै इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधासहितको बाल अस्पताल निर्माणका साथै सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ