बिमक संघद्वारा ७० लाख सहयोग

Read Time = 1 min

काठमाडौं । जीवन बिमक संघ नेपालले दुई संस्थालाई ७० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्ट गरी दुई संस्थालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

संघले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका डा. भगवान् कोइरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टका निर्देशक दिपक सञ्जेललाई ३० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरि ५० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षामा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गर्दै आएको छ ।

त्यस्तै इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधासहितको बाल अस्पताल निर्माणका साथै सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?