उमेश मोक्तानको संयोजकत्वमा एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च गठन

Read Time = 4 mins

लन्डन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रवासी नेपाली एकता मञ्च युरोप गठन गरेको छ ।

एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको प्रमुख आतिथ्यता तथा युरोप इन्चार्ज सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकले उक्त कमिटीको संयोजकमा बेलायतका नेता उमेश मोक्तान चयन गरेको छ ।

युरोपभर रहेका पार्टी सदस्यहरुको उक्त बैठकमा विस्तृत छलफलपछि मोक्तानलाई संयोजक चयन गरिएको हो ।

बैठकले कमिटीको सहसंयोजकमा निराजन सुवेदी (पोर्चुगल(, सचिव अर्जुन खतिवडा (बेलायत), सहसचिव मनोज भुषाल (फिनल्याण्ड), उपसचिव गोमा माझी (साइप्रस), अकल लामा (जर्मनी) र सुधीर अर्याल (पोर्चुगल) लाई चयन हुनुभएकाे छ ।

यसैगरी बैठकले प्रचार विभाग पनि गठन गरेको छ । जसमा दीपेन्द्र गजुरेल (स्पेन) प्रमुख र बुद्धमान तामांग (साइप्रस) र डा. देवेन्द्र श्रेष्ठ (बेलायत) सदस्य हुनुहुन्छ ।

त्यसैगरि, कमिटीको सदस्यहरुमा सञ्जय मडभरी (स्वीजरल्याण्ड), डा. मनभर्ती भुर्तेल (रुस), टंक कटुवाल (पोल्याण्ड), राजन काफ्ले आयरल्याण्ड, कृष्ण देवकोटा (जर्मनी), प्रेम गौतम स्वीडेन, पशुपति प्रसाद भण्डारी (नर्वे), हरि तामाङ (क्रोसिया), चिन्तन बुढामगर (साइप्रस), धनबहादुर बोहरा (नेदरल्याण्ड), कृष्ण चौहान (फिनल्याण्ड), र कृष्णप्रसाद तिवारी (बेलायत) हुनुहुन्छ ।

प्रमुख अतिथी श्रीप्रसाद शाह र युरोप इन्चार्ज सुवास पोखरेलले नवगठित कमिटीलाई बधाइ तथा सफलताको शुभकामना दिनुभएको थियो ।

संयोजक मोक्तान सन् १९९८ मा स्थापित नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क मञ्च बेलायतका संस्थापक कोषाध्यक्ष र प्रवासी नेपाली मञ्च यूके (एमाले) का पूर्व उपाध्यक्ष पनि हुनु हो । मोक्तान बेलायतको राष्ट्रिय पार्टी लेबरमा विगत ९ वर्षदेखि सक्रिय रुपमा आवद्ध हुनुहुन्छ । उहाँले लेबरको प्रेस्टन वार्डमा वार्ड अर्गनाइजरका रुपमा काम गरिसक्नुभएको छ भने हाल लेबर पार्टी ब्रेन्टको ‘ब्ल्याक एसियन माइनोरिटी इथ्नीक कमिटी’ को उपाध्यक्ष हुनुहुन्छ ।

मोक्तान सन् १९६० मा स्थापित विदेशको सबैभन्दा पुरानो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसनको दुई कार्यकाल अध्यक्ष भइसक्नुभएको छ।

मोक्तान धरान समाज यूकेका संस्थापक तथा कोकोमेन्दो तामाङ समाज यूकेका संस्थापक र पूर्व अध्यक्ष, नेपाली कलाकार संघ यूकेका पूर्व अध्यक्ष, एनआरएनए यूकेको सन् २००८ को कार्यसमिति सदस्य र दुई कार्यकाल सल्लाहकार पनि भइसक्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?