-चन्द्रकान्त खनाल
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक वर्षको अवधिमा तीन लाख बढीले उपचार गराएका छन् । आर्थिक वर्ष २०७८ को साउनदेखि २०७९ को असारसम्म अस्पतालको बहिरंग रोग विभाग र इमरजेन्सीमा गरी कुल तीन लाख चार हजार ७२५ जनाले सेवा लिएका हुन् ।
अस्पतालको तथ्यांकअनुसार जनरल इएचएस र बिमा गरी अस्पतालबाट जम्मा दुई लाख ८७ हजार ६० जनाले सेवा लिएका छन् भने इमरजेन्सीबाट ५३ हजार ६६५ जनाले उपचार गराएका छन् ।
त्यसमध्ये जनरलमा एक लाख ८३ हजार ६१५, इएचएसबाट २४ सय ७८ र बिमाबाट एक लाख ९६७ गरी अस्पतालबाट कुल दुई लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका हुन् । अस्पतालको तथ्यांकमा उल्लेख गरिएअनुसार इमरजेन्सीबाट ५३ हजार ६६५ जना, मुटुरोग सेवा ३१०, दन्त सेवा सात हजार ६७७, छाला १६ हजार २८०, आकस्मिक सेवा ३७ हजार ९९३, प्रसूति सेवा १७ हजार ६२८, हर्मनसम्बन्धी सेवा ११५, मूत्रप्रणालीको सेवा तीन, नाक-कान घाँटी १४ हजार ६५, फिबर क्लिनिक सात, पेट आन्द्रासम्बन्धी सेवा ६६, सामान्य चिकित्सा सेवा ७४ हजार ९१७, महिला तथा प्रसूति सेवा १२ हजार ३१, खोप सेवा ११ हजार ७९९, महिला शिशु स्वास्थ्य कार्यक्रम १६ हजार ३०२ र न्युरो चिकित्सा सेवा १३९ जनाले लिएका छन् ।
त्यस्तै अस्पतालबाट न्युरो शल्यक्रिया एक हजार २९१, न्युरो सेवा स्थायी रोग उपचार सेवा १९१, क्यान्सर रोग सेवा २२, नेत्ररोेग सेवा ११, हाडजोर्नी रोेग सेवा ३१ हजार ४११, बालरोग सेवा १० हजार ७८६, प्लास्टिक सर्जरी छाला तथा सौन्दर्य शल्यक्रिया तीन, मनोरोग सेवा पाँच हजार २८, रेडियोलोजी सेवा एक, फिजियोथेरापी ४७, नछुट्टिएको सेवा ६५, सर्जरी २० हजार १४, मूत्रप्रणालीसम्बन्धी रोग २४ गरी अस्पतालमा आर्थिक वर्षको साउनदेखि अहिलेसम्म तीन लाख चार हजार ७२५ जना बिरामीले उपचार पाएको अस्पतालका प्रमुख डा. इन्द्र ढकालले बताउनुभयो । उहाँले गत वर्षभन्दा सेवा पनि विस्तार भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच