चाडपर्वलाई लक्षित गर्दै भोजपुरमा सुरक्षा ब्यवस्था मजबुत

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । चाड पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यलय भोजपुरले सुरक्षा ब्यवस्था मजबुत बनाएको छ । दसैं, तिहारलगायतका चाड पर्वहरुलाई लक्षित गर्दै सुरक्षा ब्यवस्था थप मजबुत बनाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले बताउनुभयो ।

प्रहरी प्रमुख डिएसपी पाठकले भन्नुभयो, “अन्य समयमा भन्दा पनि चाड पर्वमा समयमा हुने अपराधिक घटनाहरु न्युनीकरणका लागि स्थानीय प्रशासन र सशस्त्र प्रहरी बलसँग पनि समन्वय गर्दै काम गरिरहेका छौ ।” यसका लागि अहिले जिल्लामा बिशेष सुरक्षा योजना लागु छ ।

चाडपर्वको समयमा थप चनाखो र जिम्मेवार भएर काम गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले बताउनुभयो । प्रहरी निरीक्षक लिम्बुकाअनुसार नियमित डियुटीसहित मोटरसाइकल गस्ती, गाडी मोवाइल गस्ती, पैदल गस्तीमा प्रहरी परिचालन गरिएको छ ।

यस्तै, साधा पोशाकमा प्रहरी परिचालन देखि लिएर ७ ठाउँमा यात्रु सहायता कक्ष स्थापना, ६ ठाउँमा हाइवे चेक पोष्ट स्थापना भएको छ । सिसि टिभीबाट निगरानी गर्ने कार्य पनि प्रहरीले गरेको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो ।

अपराधिक मनोबृतिका ब्यक्तिहरुले चाड पर्वको समयमा घटना घटाउन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी सक्रिय अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जिल्लामा शान्ति सुरक्षाको स्थिती मजबुत बनाउन प्रहरीसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयाे ।

चाडपर्वको बेला राजमार्गमा चल्ने सवारी साधनहरुलाई यात्रुहरुको अत्याधिक चाप भई सवारी दुर्घटना हुन सक्ने भएकोले जिल्ला ट्राफिक कार्यालयसँगको सहकार्यमा सम्भावित घटनाको रोकथाम गरिने छ । जिल्लामा कुनै पनि किसिमका अबैध बस्तुहरु भित्रन नदिनका लागि जिल्ला प्रहरी कार्यलय तथा माताहतका कार्यालयहरुको प्रवेश नाका तथा चेक पोइन्टहरुमा चेक जाँच कडा बनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?