नेपाली राजनीतिक क्षितिजका आशालाग्दा परिदृश्यहरू

हिमालय टाइम्स
Read Time = 9 mins

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक व्यक्तिहरू समेत डामिन थालेसँगै राजनीतिमा तरंग उत्पन्न भएको छ । यसले राज्यका विभिन्न तहमा बसी कानुन कुल्चिएर काम गर्नेहरूलाई झस्काएको छ भने आमजनताले वर्षौंदेखि धुमिलिएको राजनीतिक आकाशमा चाँदीको घेरा देखिन थालेको हो कि भन्ने अपेक्षा गरेका छन् । उसो त हाल सरकारमा रहेका पात्रहरू पनि केही समयदेखि सत्ता वरिपरि रहेका भुक्तभोगी पात्र नै हुन्, तथापि उत्साहजनक सुरुवात भने भएकै छ ।

विगतमा पनि भ्रष्टाचारको अनुसन्धानमा धेरै कुरा सतहमा आउने र राजनीतिक नेतृत्वको मिलीभगतमा दोषीलाई संरक्षण दिने परम्परा स्थापित भएकाले यो प्रकरणले सत्यतथ्य उजागर होला भन्नेमा आशंका गर्ने ठाउँ प्रशस्तै छन् । तर अहिले जुन गतिमा सरकारले तदारुकता देखाएको छ त्यो एकदमै स्वागत योग्य छ । कानुनको बर्खिलाप काम गर्नेहरूलाई दण्डको भागीदार बनाइयो भनेमात्र त्यस्ता काममा संलग्न हुनेहरूको मनोबल कमजोर हुन्छ । निष्पक्ष र निडर भएर भुटानी शरणार्थी काण्डमा मुछिएकाहरूको अनुसन्धान भयो भने अहिलेको सरकारले जनताको विश्वास पनि पाउँछ । आशा गरौं–विगतमा जस्तो यो सरकारले दबाब र प्रभावमा परेर दोषीहरूलाई उन्मुक्ति दिने कुटिल जाल रच्दैन ।

सेतो हात्तीको देश भनेर थाइल्याण्डलाई भनिन्छ भनेर पढेका पुराना पुस्ताका धेरै नेताहरू अहिले सेतो हात्ती सदाउने ठाउँमा पुगेर त्यसैमा सवार भएको देखिन्छ । त्यसमाथि स्थायी सरकार भनिने कर्मचारीतन्त्र पनि राजनीतिक नेतृत्वसँग साँठगाँठ गरेर मुलुकलाई दोहन गर्ने ध्याउन्नमा छ । कतिपय व्यक्तिहरू अनजानका कारण अनियमितताको भागीदार बन्न पुगे पनि अधिकांश आफ्नै लोभ र लालचको कारण भ्रष्ट कार्यमा संलग्न भइरहेको देखिन्छ ।

कानुनी रूपमा भ्रष्टाचार अपराध हो, धार्मिक दृष्टिकोणबाट हेर्दा पाप हो भन्ने मान्यता कमैमा मात्र होला । त्यही कारण भ्रष्टाचारजन्य अपराधमा संलग्न हुनेहरूकै संख्या नहुनेहरूको भन्दा बढी हुने गरेको छ । अत्यन्तै इमानदारीका साथ काम गर्ने कर्मचारीहरू पनि छन् तर केही भ्रष्टहरूका कारण यो क्षेत्रलाई नै बदनाम गराएको छ ।

भ्रष्ट व्यक्तिलाई कानुनको सिकञ्जामा पार्ने हो भने अरू व्यक्ति पनि यस्ता क्रियाकलामा हौसिँदैनन् । हामीकहाँ सुशासनको नारामात्र लगाइरहने तर सानालाई ऐन ठूलालाई चैन भनेजस्तो कानुनको उपहास गर्ने प्रथाले गर्दा राज्य संयन्त्रप्रति विश्वास खस्किएको हो । कोही कोहीमात्रै बाध्यतामा परेर गर्लान् नत्र भ्रष्टाचारजन्य गतिविधिको मूल कारण लोभलालच नै हो । भ्रष्टाचारले मुलुकको हरेक क्षेत्रलाई गाँजेको छ । राजनीतिको मूल मुहान नै भ्रष्ट भएपछि त्यो फोहोर अन्यत्र पनि प्रवाहित हुने नै भयो । तसर्थ मूल मुहान सफा हुन सक्यो भनेमात्र अरू क्षेत्रमा पनि सफा गर्न सजिलो हुन्छ र सुशासनको जनअपेक्षा पूरा गर्न सकिन्छ । मुख्य गरी प्रशासनतन्त्र र राजनीतिक क्षेत्रको भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्नेछ ।

कानुनी रूपमा भ्रष्टाचार अपराध हो, धार्मिक दृष्टिकोणबाट हेर्दा पाप हो भन्ने मान्यता कमैमा मात्र होला । त्यही कारण भ्रष्टाचारजन्य अपराधमा संलग्न हुनेहरूकै संख्या नहुनेहरूको भन्दा बढी हुने गरेको छ । अत्यन्तै इमानदारीका साथ काम गर्ने कर्मचारीहरू पनि छन् तर केही भ्रष्टहरूका कारण यो क्षेत्रलाई नै बदनाम गराएको छ । राजनीतिक पात्रहरूलाई पनि सोलोडोलो रूपमा सबै खराब भन्नु न्यायोचित हुँदैन तर आमरूपमा राजनीतिप्रति जनताको धारणा सकारात्मक देखिन्न । यसका लागि भ्रष्टाचारप्रति शून्य सहनशीलता र उच्च प्रतिबद्धता भएको राजनीतिक नेतृत्वको आवश्यकता छ । अब पनि पुरानै कार्यशैली र सोच राखेर राजनीतिमा टिक्न गाह्रो छ भन्ने सन्देश जनताले भर्खरै सम्पन्न भएका निर्वाचनमार्फत दिइसकेका छन् । जनताको मनोविज्ञानलाई बुझेर राजनीतिक दलहरूले आफूमा भएको बेथितिलाई शुद्धीकरण गर्न सकेमात्र राजनीतिमा भविष्य छ नत्र बढारिनुबाहेकको विकल्प देखिन्न । यो तथ्यलाई सबैले मनन् गर्नु श्रेयस्कर हुनेछ ।

नेपालीमूलका भुटानी नागरिकहरूमाथि निर्मम दमन गरेर भुटानले आफ्ना नागरिकहरूलाई नै लखेट्ने काम गर्‍यो । भारतको छायाँ राष्ट्र (स्याडो कन्ट्र) भनेर पनि चिनिने भुटानबाट ज्यान बचाएर भागेका नेपालीमूलका भुटानी नगरिकलाई भारतले शरण दिएन र तिनीहरू आफ्नो पुख्र्यौली थातथलोको खोजी गर्दै नेपाल आइपुगे ।

अहिले उछालिएको जल्दोबल्दो विषय चाहिँ नक्कली भुटानी शरणार्थीसम्बन्धी हो । सन् १९९० को दशकमा दक्षिण एशियाका धेरैजसो देशहरूमा प्रजातान्त्रिक आन्दोलन भएका थिए । केही देशमा प्रजातन्त्र आयो पनि जसमा नेपाल पनि थियो । त्यहीताका दक्षिण एशियाको एउटा सानो मुलुक भुटानमा पनि प्रजातान्त्रिक लडाइँ भइरहेको थियो । तर, नेपालीमूलका भुटानी नागरिकहरूमाथि निर्मम दमन गरेर भुटानले आफ्ना नागरिकहरूलाई नै लखेट्ने काम गर्‍यो । भारतको छायाँ राष्ट्र (स्याडो कन्ट्र) भनेर पनि चिनिने भुटानबाट ज्यान बचाएर भागेका नेपालीमूलका भुटानी नगरिकलाई भारतले शरण दिएन र तिनीहरू आफ्नो पुख्र्यौली थातथलोको खोजी गर्दै नेपाल आइपुगे ।

एक लाखको संख्यामा नेपाल छिरेका ती भुटानी नागरिकहरूलाई नेपालले झापाको बेलडाँगी र मोरङको पथरीमा शिविर बनाएर शरण दियो । पछि संयुक्त राष्ट्रसंघले तिनीहरूका लागि केही राहतको व्यवस्था गर्‍यो । बाँकीले शिविर वरिपरिका गाउँबस्तीतिर ज्यालामजदुरी र खेतालापातलाको काम गरेर जीविको पार्जन गर्दै आएकोमा दुई दशकपछि अमेरिकारले उनीहरूलाई प्रक्रिया पुर्‍याएर आफ्नो देश लग्यो । बाँकी केही अमेरिकी बन्न नचाहने र प्रक्रिया नपुगेकाहरूमात्र यतै रहे । आर्जनको बाटो खोजिरहेका राजनीतिज्ञ तथा उच्चपदस्त कर्मचारीहरूले यसलाई कमाउ माध्यम बनाए । नक्कली शरणर्थी बनाएर गैरशरणार्थी नेपालीहरूलाई अमेरिका पठाइदिने भनेर उनीहरूबाट रकम असुल्ने काम भयो । त्यसैको खिल बल्झिएर अहिले रानजीतिज्ञहरू तानिइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?