सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार एकसय सात जनाको परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ५७, कैलालीका ३३, डडेल्धुराका दुई, बैतडीका एक र दार्चुलाका एकजना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । गौरीफन्टा नाकाबाट १२, गड्डाचौकी नाकाबाट फर्किएका सात, पुलघाट नाकाबाट एक र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६६ हजार आठ सय ९९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार छ सय पाँच जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३४ जनाको ज्यान गइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच