गाईजात्रा फुटबल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नमुना स्पोर्ट्स क्लबको आयोजनामा ललितपुरको गोदावारीमा १९औँ संस्करणको दिनेश स्मृति गाईजात्रा कप फुटबल प्रतियोगिता यसै साता आयोजना हुने भएको छ । क्लबका अध्यक्ष डम्बरबहादुर स्याङ्तानले प्रतियोगिता २७ र २८ साउनमा हुने जानकारी दिनुभयो । दुईदिने प्रतियोगिता गोदावरी बसपार्कस्थित सेन्ट जेभियर फुटबल मैदानमा हुनेछ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १५ हजार रुपैयाँ हात पार्नेछ ।

यस्तै क्वाटरफाइनलमा पुगेका आठमध्ये फाइनल पुग्ने दुई टोलीबाहेक ६ टोलीबाट पेनाल्टी सुटआउटमार्फत् विजेता छिनोफानो गरिनेछ । विजेताले १० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । एक दर्शकलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सिरूपाते ट्राउन फार्म एन्ड रिसोर्ट, गोदावरी नगरपालिका, सनराइज बैंक, फ्रिडम एक्सपोर्ट बाराही बिल्डर्स, लिनिङ नेपाल र विद्यासागर बोर्डिङ स्कुललगायतले प्रायोजन गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?