गृहमन्त्रीलाई पूर्व डिआइजीको चुनौती

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत बुधबार एक निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको शिलशिलामा बाहेक नेता भेट्न पूर्व स्वीकृती लिनुपर्ने नियम लागू गर्नुभयो । कसैले त्यस विपरीत भेटेको पाइएमा उनीहरूमाथि कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

तर उहाँको भनाइपछि पनि प्रहरीले नेता भेट्ने क्रम भने रोकिएको छैन ।

यसैबीच, नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले गृहमन्त्री लामिछाने लक्षित आजको दुनियाँ हुकुमी शासनले नचल्ने टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘आजको दुनियाँ हुकुमी शासनले चल्दैन मन्त्रीज्यू, हुकुमी शासन फालेर लोकतन्त्र ल्याएको होइन र ? जे गर्नु छ कानूनअनुसार गर्नुस् । कानून छैन भने बनाएर लागू गर्नुस् ।’

उहाँले काम गर्न हल्ला र चटक नगर्नसमेत गृहमन्त्री रविलाई सुझाव दिनुभयो । ‘मन्त्री हुनु भनेको सर्कसको चटके होइन । जे पायो त्यै खोक्न र स्टन्ट गर्न बन्द गर्नुस् । सन्दुक रुईत, भगवान कोइराला र कुलमानले स्टन्टबाजी गरेर नागरिकको मन जितेका होइनन् । परिणाम दिएर जितेका हुन् । काम गर्न हल्ला र चटक गर्नु पर्दैन । बेलैमा सद्बुद्धि आओस् ।’

प्रहरी प्रधान कार्यालयमै कार्यरत डिआइजी फुलको गुच्छा लिएर एक सांसदलाई बधाई दिन गएको फोटो सार्वजनिक भएको छ । डिआइजी भिम ढकाल यसरी सांसद एकनाथ ढकालको चाकडीमा पुग्नुभएको हो ।

उनै नेता ढकालले आफुलाई बधाई दिन आएकोमा डिआइजीलाई फेसबुकमार्फत धन्यवादसमेत दिनéएको छ । यसरी प्रहरीले गृहमन्त्री बाहेक कुनै नेतालाई आधिकारीक रुपमा बधाई दिन पाउने व्यवस्था छैन । तर, ढकालले भने गृहको निर्देशन लत्याउँदै नेताको चाकडीमा लाग्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?