लागुऔषधसहित २ युवक पक्राउ

Read Time = 1 min

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा चेक गर्ने क्रममा आगुऔषधसहित दुई जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो।

 चेकिङमा खटिएको ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले त्रियुगा नगरपालिका–६ का २७ वर्षीय संगीत तामाङ र २५ वर्षीय आमोद महताेलाई आगुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध र ७ थान सिरिन्जसहित दुवै जनालाई नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?