पहिलो खेलमै सेभियाको हार

हिमालय टाइम्स
Read Time = 3 mins

सेभिया । सेभियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको छ । सेभिया पहिलो खेलमै ओसासुनासँग दुई–एकले गोलअन्तरले पराजित भयो । ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले एक-एक गोल गर्नुभयो । सेभियाका राफा मिरले एक गोल फर्काउनुभयो ।

खेलको नवौँ मिनेटमा इजिक्वेल एभिलाको गोलबाट ओसासुनाले सुरुवाती अग्रता लिएको थियो । ११औँ मिनेटमा राफा मिरले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

त्यसपछि ७४औँ मिनेटमा एयमज ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई दुई-एकले अघि बढाउनुभयो । त्यसपछि थप गोल निस्कन नसक्दा सेभिया पहिलो खेलमै स्तब्ध बन्यो ।

यस्तै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा सानदार पुनरागमन जित निकालेको छ । डर्टमुन्डले १-० ले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली फ्रेइवर्गमाथि तीन-एकको जित निकाल्यो । डर्टमुन्डको पुनरागमन जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गर्नुभयो । फ्रेइवर्गका माइकल ग्रेगोरिट्सको गोल सान्त्वना बन्यो ।

३५औँ मिनेटमा माइकल ग्रेगोरिट्सले गोल गर्दै फ्रेइवर्गलाई सुरुवाती अग्रता दिलाउनुभयो । ७७औँ मिनेटमा जेमीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ८४औँ मिनेटमा मौकाको जुलियन ब्रान्डको पासमा र ८८औँ मिनेटमा मारिअस वल्फले गोल गर्दै डर्टमुन्डलाई जित दिलाउनुभयो ।

लगातार दोस्रो जितसँगै डर्टमुन्ड दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको फ्रेइवर्ग तीन अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको बार्यन म्युनिख तीन अंकसहित दोस्रो स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?