निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन, कांग्रेस अझै बाँकी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुदैँछ ।

४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सिमा आजवाट समाप्त हुन लागेको हो ।

सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि कांग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरु मध्ये सत्तारुढ दल नेपाली कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?