काठमाडाैं । युएस-ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मसिराह टिभीले मंगलवार बताएको छ ।
आक्रमणले पूर्वी सानाको अल-हफा शिविर र उत्तरमा अल-दयलामी एयर बेसलाई निशाना बनाएको थियो । उनीहरूले मध्य प्रान्त अल-बायदाको शहर राडा र दक्षिणपश्चिमी प्रान्त ताइजको मकबानाह क्षेत्रमा पनि आक्रमण गरेका थिए ।
बिष्फोट शक्तिशाली भएको र त्यसको आवाज शहरभर सुनिएको स्थानीयले बताएका छन् । हुथीहरूले सोमवार अडेनको खाडीमा रहेको अमेरिकी सैन्य जहाजमा मिसाइल हमला गरेको र प्रत्यक्ष प्रहार गरेको दाबी गरेको केही घण्टापछि यो हमला भएको हो ।
अमेरिकी पक्षले कथित आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । लाल सागरमा रहेको अमेरिका-बेलायत सामुद्रिक गठबन्धनले यमनका विभिन्न उत्तरी प्रान्तहरूमा हुथी शिविरहरूमा धेरै हवाई आक्रमण गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच