नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आज मंगलबारदेखि सुरु हुँदैछ ।

नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच एक महिना हुने तालिम भदौ ३१ सम्पन्न चल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

वि।सं। २०६० सालदेखि नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको यस प्रकारको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुने गरेको छ ।

नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रहने छ ।

तालिम छाउनी र नगरकोट इलाकामा सञ्चालन हुनेछ भने तालिमका लागि अमेरिकी क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आईपुगिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?