सिरियाको सीमा पोस्टमा टर्कीले गरेको आक्रमणमा १७ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

अंकारा । टर्कीको सेनाले सिरियाको सीमा चौकीमा गरेको हवाई हमलामा १७ जना लडाकुको मृत्यु भएको एक युद्ध अनुगमन निकायले जनाएको छ ।

‘टर्कीको सीमा नजिकै सिरियाली सरकारी चौकीहरूमा टर्कीले गरेको हवाई आक्रमणमा १७ जना लडाकू मारिएका छन्’, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ ।

टर्कीको हवाई आक्रमणको सिरियाले बदला लिने जनाएको छ । पीडितहरू सरकार वा कुर्दिस सेनासँग सम्बद्ध थिए वा थिएनन् भन्ने बारेमा केही खुलाइएको छैन् ।

‘टर्कीको आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिकको मृत्यु भएको र ६ जना घाइते भएका छन् । हाम्रो सशस्त्र बलद्वारा सञ्चालित सैन्य चौकीमा कुनै पनि आक्रमण भएमा सबै मोर्चाहरूमा प्रत्यक्ष र तत्काल जवाफ दिइनेछ’, सानाले भनेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?