सीपी गजुरेल समूह चुनावमा, विप्लव बहिस्कारमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसद्‌का दुवै चुनाव बहिस्कार गर्ने भएको हो ।

शान्ति प्रक्रियमा आए पनि अझै पनि मुद्धाहरू फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समुहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टीमार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समूहको एक घटक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?