बुद्ध र निस्टलाई बीआईबी कप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बुद्ध ऐकडेमी र निस्टले पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुद्ध ब्वाइज तथा निस्ट गल्र्समा च्याम्पियन बन्नुभयो । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८-४४ ले पराजित गर्‍यो । बुद्धको जितमा कोसिश भुजेलले १६ अंक योगदान गर्नुभयो ।

गल्र्सको उपाधि भिडन्तमा पूर्णिमा बरालको १० अंक सहयोगमा निस्टले डाफोडिललाई २५-२१ ले हरायो । ब्वाइज/गल्र्स दुवैमा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय कोसिश र पूर्णिमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । ब्वाइजमा निमोनिकका प्रवेश तामाङ तथा गल्र्समा आयोजक बौद्ध इन्टरनेसनल स्कुलकी सब्रिना पन्त सर्वाधिक स्कोरकर्ता बन्नुभयो । सहभागी मध्ये समग्रमा निसर्ग वाटिका अनुशासित टिम ठहरियो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, बीआईएसका प्रिन्सिपल हरि लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । ११ दिने प्रतियोगिताको ब्वाइज/गल्र्समा समान १२-१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

यता इडेन ब्रिज एकेडेमी (इबिए) र एन्जल्स हार्ट नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा प्रवेश गरेको छ । इबीएले आयोजक ग्रीनफिल्ड ‘ए’लाई २४-१८ तथा एञ्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ३२-२१ ले पराजित गर्नुभयो ।

सिनियर ब्वाइजमा ब्राइट होराइजनले महामञ्जुश्रीलाई ५७–२४ तथा ग्रीनल्याण्डले किङडम हिमालयलाई ५४-३८ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो । सिनियर गल्र्समा संस्कृतिले ग्रीनल्याण्डलाई १७–१२ तथा काष्ठमण्डपले रेडिअन्तलाई २२-१५ ले हराउँदै फाइनल यात्रा तय गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?