सभामुख सापकोटाद्वारा सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Read Time = 1 min

काठमाडौं । सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

'प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,' उहाँले भन्नुभएको छ ।

गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । गतवर्ष उहाँलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरेर फर्किनुभएको गिरी पछिल्लो समय घरमै आराम गरिरहनुभएको थियो। उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?