सान्जेन जलविद्युतको आइपीओ आजबाट जारी

Read Time = 2 mins

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइतबारबाट आइपीओ जारी गरेको छ । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले रसुवाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका-५ चिलिमे (साविक चिलिमे गाविस), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका-४ गोल्जुङ (साविक गोल्जुङ गाविस), सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ (साविक गत्लाङ गाविस र हाक गाविस) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीलाई निष्कासन गर्न लागेको हो ।

अति प्रभावित क्षेत्रका स्थानीयलाई ४.३५, प्रभावित क्षेत्रका स्थानीयलाई ३, सामान्य प्रभावित क्षेत्रका बासीलाई १.५ र अन्य जिल्लावासीलाई १ को अनुपातमा सेयर बाँडफाँट हुने कम्पनीले जनाएको छ ।

स्थानीयले प्रतिकित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद १९ भदौ छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ४ असोजसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्यनागरिक लगानी कोषले गर्नेछ भने सहबिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?