के लोप भएका प्राणीहरूलाई पुनर्जीवन दिन सम्भव छ ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । वैज्ञानिकहरूले लोप भएका केही प्रजातिका जीवलाई पुनः अस्तित्वमा ल्याउने प्रयास गरिरहेका छन्।

सन् २०२१ मा अमेरिकामा स्थापित एउटा स्टार्ट-अप कम्पनी अबको पाँचदेखि १० वर्षमा दुईवटा त्यस्ता प्रजातिलाई पुनर्जीवन दिन सम्भव रहेकोमा विश्वस्त देखिन्छ। जुरासिक पार्कजस्ता चलचित्रमा त्यसो गर्नु सामान्य हो। तर वास्तविक जीवनमा त्यो त्यति सहज काम होइन।

कतिपयले उक्त कम्पनीले त्यसो गर्न सक्छ भन्नेमा विश्वास गरेका छैनन् र गर्न सक्ने भए पनि त्यसो गर्न नहुने धारणा राखेका छन्।

अमेरिकी अनुवंशविज्ञ जोर्ज चर्च र प्रमुख कार्यकारी बेन लामको नेतृत्वमा रहेको कलोसल बायोसाइन्सले सन् २०२७ सम्म रौँ भएको म्यामथ अर्थात् विशालकाय प्राचीन हात्तीलाई पुनर्जीवन दिने अपेक्षा गरेका छन्।

मेल्बर्न विश्वविद्यालयको सहयोगमा उनीहरूले ताज्मेनिअन टाइगर अर्थात् थाइलसीन बिउँताउने घोषणा गरेका छन्।

मार्सूपिअल वर्गको यो स्तनधारी जीवले पूर्ण रूपमा विकसित भइनसकेको बच्चा जन्माउँछ र माउको पेटबाहिर रहेको एउटा थैलोमा राखेर हुर्काउँछ।

उक्त जीव सन् १९३० को दशकमा लोप भएको थियो।

यसरी लोप भएका जनाबर बिउँताउने एउटा उपाय भनेको रिभर्स इन्जिनियरिङ हो।

त्यसमा वैज्ञानिकहरूले जीवित प्रजातिका स्टेम सेल जुन डीएनएसँग मिल्दोजुल्दो हुन्छ त्यसलाई लिन्छन् र जीन सम्पादन (आनुवंशिक परिवर्तन) गर्ने प्रविधिबाट लोप भएका प्रजातिलाई ‘पुनर्जीवन’ दिन्छन्।

रौँ भएको म्यामथको हकमा उसको अहिले अस्तित्वमा रहेको जीवमध्ये सबैभन्दा नजिकको नातेदार एशियाली हात्ती हो।

टास्मेनिअन टाइगर बिउँताउने प्रयासमा उनीहरूले थाइलसीनको छाउराको रक्षित शरीरबाट सङ्कलित डीएनए प्रयोग गर्न लागेका छन्। त्यो छाउरालाई उसकी आमाको पेटबाहिर रहेको थैलोबाट निकालेर मेल्बर्नको एउटा सङ्ग्रहालयमा रासायनिक विधिबाट संरक्षण गरेर राखिएको छ।

कतिपय आलोचकहरू लोप भइसकेका प्राणीलाई पुनर्जीवित तुल्याउनु अनैतिक ठान्छन्। कसैलाई ४,००० वर्षअघि पृथ्वीमा विचरण गर्ने रौँ भएको विशाल हात्तीलाई अस्तित्वमा ल्याउँदा कस्तो असर पर्छ भन्ने थाहा छैन।

यदि यो प्रविधिले काम गर्‍यो भने वैज्ञानिकहरू कहाँ गएर रोकिन्छन् भन्ने प्रश्न पनि छ।

भिक्टोरियाले अहिले भनिएको विधिबाट सिर्जना गरिने पद्धति पहिला अस्तित्वमा भए जस्तो नहुने कुरा बुझ्नु महत्त्वपूर्ण हुने बताउँछिन्।

  • बीबीसी नेपालीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?