धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्छः मन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मालम्वीहरु एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले पशुपति परिसर आफैँमा सभ्यताको पहिचान बोकेको स्थान रहेको पनि बताउनु भयो । उहाँले पशुपति परिसरको व्यवस्थापन, सरसफाई र पूजा, आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिन जरुरी रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र हो । पशुपति परिसर आफैँमा एउटा सभ्यताको पहिचान बोकेको ठाउँ हो । पशुपतिले विश्वका हिन्दु धर्मालम्वीहरु आउनुपर्छ भन्ने मान्यता बोकेको छ । सरकारले त्यो खालको वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि छ । पशुपति परिसरका व्यवस्थापन, सरसफाई र पूजा आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा यहाँको मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिनुपर्छ । नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका संस्कृति र सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरेर मात्रै विकास गर्न सकिन्छ । पर्यटन मन्त्रालयले पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणमा महत्व दिएका छौं । यसको संरक्षण र संवद्र्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्नसक्छौं । नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउन सक्छौँ । नेपालमा नै रोजगारी वृद्धि गरी मुलुकलाई समृद्धितर्फ लैजान सकिने मन्त्रालयले विश्वास लिएको छ ।’

मन्त्री श्रेष्ठले मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणमा महत्व दिएको बताउनु भयो । उहाँले मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण र संवर्द्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्न सकिने दाबी गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त पशुपति संग्रहालयको मर्मत सम्भार नेपाल इन्भेष्टमेण्ट बैंकले गरेको हो । बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?