एभरेस्ट र फोकस वान पेमेन्टबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । फोकस वान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेस्ट बैङ्कबीच भिसा कार्डमार्फत् हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।

एभरेस्ट बैङ्कका ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी उक्त कार्डबाट विभिन्न सेवा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानी बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवा प्रयोग गर्न सक्ने बैङ्कले जनाएको छ । त्यसैगरी बैङ्कका ग्राहकले मोकोमार्फत् स्क्यान टु पे माध्यमबाट १५ सयभन्दा बढी मर्चेन्टको भुक्तानीसमेत गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?