पुलको भार क्षमता जाँच गर्न कर्णाली राजमार्ग बन्द

हिमालय टाइम्स
Read Time = 1 min

कालीकोट । पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द हुने भएको छ ।

सो राजमार्गमा बनेका दुईवटा पक्की पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घन्टा बन्द गरिएको हो ।

कालीकोट नरहरिनाथ गाउँपालिका-८ को कर्णाली नदीमा बनेको पक्की पुल र दैलेख आठबिस नगरपालिका-५ घट्टेखोला पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग बन्द गर्न लागिएको हो । घट्टेखोलामा बनेको पक्की पुल बिहान ६ बजेदेखि बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक डिभिजन कार्यालयको अनुरोधमा नवनिर्मित पुलको जाँच गर्नुपर्ने अनुरोध आए पछि राजमार्ग बन्द गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?