‘बेपत्ता र सत्य निरुपण आयोग विधेयक’ पीडितलाई न्याय दिने गरी नआएको आरोप

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि बिरोधको सूचना प्रश्तुत गर्दै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको हो । उहाँले विधेयकमा कुन-कुन प्रावधान राखिँदैछ भन्ने सम्बन्धमा पीडितलाई जानकारी नदिएको बताउनु भयो ।

विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेको उहाँको भनाई छ । सांसद सुवालले संक्रमणकालिन न्याय अन्य ऐनहरुसँग पनि सम्बन्धित हुने भन्दै यो विधेयकले शान्ति प्रक्रियाका बाँकी काम पूर्ण हुन नसक्ने बताउनु भयो ।

उहाँले मानव अधिकारको गम्भिर उल्लंघनका घटनालाई पनि मानव अधिकार उल्लंघनको घटना भन्दै मेलमिलाप गर्न लागिएकोले उल्लंघनका दोषीलाई पनि सजाय हुनुपर्ने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?