बन्दले पूर्ण प्रभावित बन्यो अर्घाखाँचीको जनजिवन, सन्धिखर्कमा दुईजना बन्दकर्ता पक्राउ

Read Time = 2 mins

-श्याम घिमिरे
अर्घाखाँची । देशभर सामान्य प्रभावित बनेको चार क्रान्तिकारी कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दले अर्घाखाँचीको जनजिवन भने पूर्णरुपमा प्रभावित बनेको छ ।

विप्लव नेतृत्वको नेकपा सहित नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले आज सोमवार आब्हान गरेको बन्दले जिल्लाको जनजिवन प्रभावित बनेको हो ।

बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटोे दुरीका सबारी साधनहरु छुटेका छैनन् भने शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा , व्यपार-व्यवसाय पनि पूर्ण रुपमा ठप्प रहेका छन् ।

यसैबीच अर्घाखाँचीमा २ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला संयोजक हरी नेपाली र बिद्यार्थी नेता विजय नेपालीलाई सदरमुकाम सन्धिखर्कबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई जबरजस्ती बन्द गराउदै हिडेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?