काठमाडौं । नागरिक लगानी कोषको २७औँ वार्षिक साधारणभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
त्यसैगरी आव २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । समितिका अध्यक्ष प्राडा थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने बताउनुभयो ।
उहाँले कोषले सङ्कलन गरेको बचत रकम राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्र, सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं पुँजी बजारको विकास गरी लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धिमा जोड दिनुभयो । कोषका कार्यकारी निर्देशक रमण नेपालले आर्थिक वर्ष २०७८/०७९ को असारसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको जानकारी दिनुभयो । सो अवधिमा कोषले एक खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको जनाएको छ ।
कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम गरिरहेको छ । कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेस्ड सफ्टवेयर पूर्णरूपमा लागू गरिएको छ । साथै सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको कोषले जनाएको छ । सभामा सर्वसाधारण सेयरधनीतर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच