रगत निःशुल्क, स्थानीय तहको प्रतिबद्धता कागजमा सिमित

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins

डडेल्धुरा । नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार सेवाले तीन वर्षदेखि निःशुल्क रुपमा बिरामीलाई रगत उपलब्ध गराउँदै आएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाहरूबाट डडेल्धुरा अस्पतालमा उपचारका लागि आउने विरामीलाई अत्यावश्यक रगत निःशुल्क रुपमा दिँदै आएको नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार सेवाले जनाएको छ ।

गत आर्थिक वर्षमा ७५० र चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म रगत संकलनको बितरणसहित ४१५ जति पिन्ट बिरामीलाई निःशुल्क रगत दिँदै आएको भए पनि कर्मचारी परिचालन र प्रशासनिक खर्चको आर्थिक अभावले सेवा प्रभावित हुने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति मदनराज चटौतले जानकारी दिनुभयो ।

सात पहाडी जिल्लाको एक मात्र भरपर्दो अस्पताल नजिकै रहेको रक्त सञ्चार सेवाललाई प्रभावकारी बनाउन तीन वर्ष अगाडी डडेल्धुराका स्थानीय तहहरूले सेवालाई निरन्तरता दिन वार्षिक एक लाख विनियोजन गर्ने निर्णय गरे पनि अहिलेसम्म बजेट उपलब्ध नगराउँदा रक्त सञ्चार सेवा दिगो नहुने सभापति चटौतको भनाइ छ ।

उहाँका अनुसार तीन वर्ष अगाडी जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा जिल्लाका सबै स्थानीय तहका प्रमुखहरूले रक्त सञ्चार सेवालाई निःशुल्क वितरण र दिर्घकालिन सेवा बिस्तार गर्न स्थानीय तहको आर्थिकलगायत समन्वयकारी सहयोग रहने प्रतिबद्धता सहितको निर्णय गरेका थिए, त्यस मध्ये अजयमेरू र भागेश्वर गाउँपालिकाबाहेक अरु स्थानीय तहहरूले एक लाखका दरले आर्थिक सहयोग दिए पछि अहिलेसम्म संचालनमा सहजता भएको बताउनुभयो ।

पहिलो वर्ष सहयोग गरेका थिए त्यस पश्चात भने कुनै पनि पालिकाले न आर्थिक सहयोग गरे, न समन्वय नै । स्थानीय तहहरूले विपद व्यवस्थापनका लागि विनियोजित बजेटबाट पनि यो आकस्मिक सेवालदाई सहयोग गर्न सकिन्छ तर कसैको पनि ध्यान रेडक्रस र रक्तसञ्चार सेवा तर्फ गम्भीरताका साथ गएको देखिँदैन ।

डडेल्धुरा अस्पतालमा वार्षिक हजारौं सेवाग्राही आउँछन तिमध्ये जटिल बिरामी र आर्थिक अभाव झेलेकालाई अस्पतालबाट माग भए बमोजिम रगततत्व छुट्याएर सेवाग्राहीलाई निःशुल्क प्रदान गरिरहेको कारण गर्भवती सुत्केरी र दुर्घटनामा परेका लगायतका बिरामीको ज्यान जोगाउन सफल भएको छ ।

सोसाईटीले पहाडी जिल्लाहरूका अस्पतालमा नभएको सेवा बिस्तार गर्दै रक्तसञ्चार सेवालाई स्तरोन्नती गर्न बिभिन्न तापक्रम अनुसारको भण्डारण र रगत तत्व बर्गिकरण गर्ने कम्पोनेन्ट मसिन र उपकरणहरू जडान गरेको छ । सेवाको कठिनाईलाई गम्भीरताका साथ लिई अत्यावश्यक उपचार सेवा लिन डडेल्धुरा आउने बिरामीले भोग्नु पर्ने पिडा र समस्यालाई सरोकारवाला निकायको ध्यान जान जरूरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?