अमेरिकी राष्ट्रपति जो बाइडेन किभमा

युक्रेनलाई अमेरिकाको समर्थन जारी राख्ने प्रतिबद्धता

Read Time = 2 mins

किभ । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुग्नुभएको छ । एक वर्षअघि रूसले आक्रमण गरेपछि उहाँको यो पहिलो युक्रेन भ्रमण हो । यसअघि बाइडेन पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न जानुभएको थियो । तर, त्यहाँबाट उहाँ अचानक किभ पुग्नुभएको हो । युक्रेनको राजधानी किभमा बिहानैदेखि महत्वपूर्ण पाहुना आइपुगेको महसुस भएको थियो । युक्रेनकी नेता लिसिया भासिलेन्कोले यी पाहुना बाइडेन रहेको बताउनुभयो ।

जेलेन्स्कीले लेख्नुभएको छ, ‘जो बाइडेन, कीभमा स्वागत छ । तपाईंको भ्रमण सबै युक्रेनीहरूका लागि समर्थनको अत्यन्त महत्वपूर्ण इशारा हो ।’ किभ पुग्नुभएका अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अमेरिकाको समर्थन जारी राख्ने बताउनुभएको छ । ‘मेरो किभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति हाम्रो अटुट र अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ’, अमेरिकी राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘करिब एक वर्षअघि पुटिनले युक्रेन कमजोर र युरोप विभाजित भएको सोचेर आक्रमण गर्नुभएको थियो । उहाँले हामीलाई थाक्नेछन् भन्ने सोच्नुभएको थियो । तर, उहाँ विल्कुल गलत हुनुहुन्थ्यो ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?