लिमीका चौरी लेखतिर सार्न थालियो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । वर्षायाम सुरु भएसँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका चौरी यतिबेला लेख (खर्क) मा सार्न सुरु भएको छ । जाडो यामको ६ महिना बेँसी झरेका चौरी वर्षायाम सुरु भएसँगै ६ महिला लेख तिर चरिचराउका लागि लैजाने गरिन्छ ।

जाडोयाम सुरु भएसँगै गाउँमा ल्याइएका चौरी वर्षा लागेपछि आजभोली लेख (खर्क) लिन सुरु गरिएको स्थानीय कुन्जोक लामाले बताउनुभयो । उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ । लेख तिर लगेपछि घुम्ती गोठ बनाएर चौरी पालन गर्दै आउने गरेको लामाले बताउनुभयो । चौरी पालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा लिमीको उच्च क्षेत्रमा रहेको इङ खोला चौरी पालनका लागि लैजाने गरेको उहाँले बताउनुभयो ।

वडा-६ लिमीको तीनल, जाङ र हल्जिगाउँका स्थानीयले यतिबेला चौरीलाई पालनका लागि गाउँभन्दा टाढा रहेको इङ खोला लैजान सुरु गरेका छन् । यि तीनगाउँमा झण्डै २०० भन्दा बढी चौरी रहेको लामाले बताउनुभयो । ती सबै चौरी लेख तिर सार्न सुरु गरिएको छ ।

उत्तरी नाम्खा उच्च क्षेत्र रहेकाेले यहाँ अत्याधिक चिसो हुनुका साथै हिमपात समेत हुन्छ । बेंसी झारिएका चौँरीलाई वैशाख लागेपछि पुनः (लेक) लैजाने गरिन्छ । चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्याहुने भएकाले लेख तिर चाडो लैजान लागिएको हो ।

यस्तै जाडो समय बेँसी झारिएका सिमकोट, खार्पुनाथ, सर्केगाडलगायतका गाउँपालिकाका भेडिबाख्रा, गाइगोरु समेत लेख तिर सार्न सुरु गरिएको छ ।

सिमकोट-२ ठेहेका भेडापालक कालु बोहराले भन्नुभयो, “जाडोमा बेँसीतिर झार्छौं गर्मी सुरु भएपछि फेरि लेकतिर लिने गर्छौ, जाडोले पशुचौपाया मात्र नभइ मानिसलाई समेत समस्याहुने भएकाले  बेँसी झर्नु बाध्यता हुन्छ । वर्षायाममा गर्मी हुन्छ, लेखमा रहेका पाटनमा बुकी पलाउनुका साथै पशुचौपायका लागि घास राम्रो पाउने हुँदा वैशाखबाटै लैजान सुरु गरिन्छ ।”

सिमकोट गाउँपालिकाका कृषकले चुवाखोलामा पशुचौपाया पालनका लागि लैजाने गर्दछन् । यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा भेडाबाख्रा, गाईभैँसी पाल्दै आएका छन् ।

यस्तै पालनका लागि जिल्ला बाहिर बझाङ, अछामलगायतका जिल्लामा लगिएका भेडाबाख्रा समेत यो समय लेख तिर ल्याउनथालिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?