हुम्लामा भीरबाट लडेर एकको मृत्यु

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट गाउँपालिका-४ का २० बर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्युभएको प्रहरीले जनाएको छ । पानलोटी भिरबाट लडेर ढकालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

वर्षा यामको समयमा गाईवस्तु चरिचराउका लागि खर्क लगिने भएकाले अदानचुली र ताँजाकोटको बिच भागमा पर्ने पानलोटी खर्कमा घाँस काट्ने समयमा लडेर मृत्यु भएको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकाले बताउनुभयो ।

सोमबार दिउँसो भैसिलाई घाँस काट्न भन्दै बास बस्ने ठाउँबाट निस्किएका ढकाल भिरबाट दिउसो लडेको हुन सक्ने उहाँले बताउनुभयो । दिनमा घाँस काट्न गएका ढकाल साझँ अबेर सम्म बास बस्ने खर्कमा नआएपछि खोजी गर्दा भिर भन्दा तल मृत अवस्थामा भेटिएका हुन् ।

बास बस्ने खर्कबाट घाँस काट्न एक्लै गएकाले दिउँसो कतीखेर लडेका हुन भन्ने कसैलाई थाहा नभएको र बेलुका बिहानसम्म घर नआएपछि मङ्गलबार खोजीमा जाँदा भिरको तल पट्टि मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको स्वास्थ्य संयोजक ढकालले बताउनुभयो ।

भीरबाट ५ सय मिटर तल खसेर मृत्यु भएकोले प्रहरीले जनाएको छ । घट्नाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भीमला भट्टराईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?