काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७३४ जना सवारी चालकमाथि कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा मंगलबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्दको आव्हान गरेको थियो । सोही दिन उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएकोमा १७४ जनामाथि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ५६, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने २५ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार ३३३ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच