कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : माधव नेपाल

Read Time = 2 mins

काठमाडौं । नेकपा )एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा आज केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताउनुभयो ।

जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उहाँले वाम शक्तिको एकताबाट सामाजिक रुपान्तरण तथा आर्थिक सशक्तीकरण हुने हुँदा त्यसतर्फ जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा विभागका कामको संक्षिप्त रिपोटिङसहित चुनावी घोषणापत्रका लागि सुझाव सङ्कलन गरिएको थियो । बैठकमा १७ वटा विभागले आ–आफ्ना विभागका काम र आगामी कार्ययोजनाको जानकारी गराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?