विराटनगर र सिमरामा पनि कोषको शाखा

Read Time = 1 min

काठमाडौं । सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा पनि शाखा कार्यालय स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सिंहदबारबाटै शाखा उद्घाटन गर्नुभएको छ । कोषले काठमाडौं कार्यालयबाट मात्रै सेवा प्रदान गर्दै आएकोमा अब जिल्लास्तरमा पनि शाखा सुरु गरी सो ठाउँबाट प्रदान गर्ने भएको हो ।

पछिल्लोपटक विशेष सापटी योजना सुरु गरेको कोषले ८० जना योगदानकर्तालाई झण्डै दुई करोड रुपैयाँ बराबरको विशेष सापटी प्रदान गरिएको जनाएको छ । सो अवसरमा मन्त्री कुँवरले कोषले आबद्ध श्रमिकलाई आफ्नो भविष्य सुरक्षित हुने अनुभूति गराएको भन्दै कोषका शाखा गाउँ–गाउँ, ठाउँ–ठाउँमा विस्तार हुनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?