निर्वाचन चिह्न राजपत्रमा प्रकाशन गर्ने आयोगको निर्णय, यी आधारमा निर्वाचन चिन्ह मतपत्रमा समावेश हुने

Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो ।

आयोगकले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको छ । ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभारप्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा–प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?