सुजुकीको नयाँ भिटारा र ब्रेजा

Read Time = 3 mins

काठमाडौं । सुजुकीको ग्राण्ड भिटारा र न्यु ब्रेजा गाडी सार्वजनिक भएको छ । नेपालस्थित सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रमबीच दुई नयाँ गाडी सार्वजनिक गरेको हो । नयाँ संस्करणको ग्राण्ड भिटारा अन्य गाडीभन्दा फरक बाहिरी डिजाइन देख्न पाइने कम्पनीको दाबी छ । गाडीमा भारतीय बजारमै पहिलोपटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल आइबर्ड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

ब्रेजामा अत्याधुनिक प्रविधि र नेक्स्ट-जेनेरेसनको आराम र सुविधाजनक फिचर्स उपलब्ध छन् । नयाँ ब्रेजामा भएको हाई-टेक सुविधा नेपाली सडकका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । एसयुभी सेग्मेन्टमा यी दुई एसयुभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने सिजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरीले बताउनुभएको छ । नयाँ ग्राण्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ट हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध छ ।

गाडीमा विद्युतीय मोटर र पेट्रोल इन्जिन जडान छ भने फरक बाटोका लागि फरक-फरक ड्राइभ मोड जस्तै, इभी, इको, पावर र नर्मल रहेका छन् । २७.९७ किलोमिटर माइलेज दिने गाडीमा ४८ लिटर इन्धन ट्यांकी रहेको छ । दुवै गाडीमा छवटा एयरब्याग रहेका छन् । ग्राण्ड भिटाराको मूल्य ६३ लाख ९९ हजारदेखि ८८ लाख २९ हजारसम्म र ब्रेजा स्मार्ट हाइब्रिडको मूल्य ४४ लाख ९९ हजारदेखि ५६ लाख २९ हजारसम्म रहेको कम्पनीले जनाएको छ । ‘विशेष परिचयात्मक मूल्य’ सहुलियत लिन शनिबारसम्म रहेकाले सो दिनसम्म गाडी बुक गर्नेलाई विशेष छुटको व्यवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?